काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितलाई अस्पताल जानु परेमा वा बेडको अवश्यकता परेमा तीन वटा नम्बरमा फोन गर्न सकिने व्यवस्था गरेको छ।
मन्त्रालयले ती नम्बरमा २४सै घण्टा सम्पर्क गर्न सकिने भन्दै सार्वजनिक सूचना जारी गरेको छ। संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव भएका छन्। मन्त्रालयले यही कुरालाई मध्यनजर गर्दै संक्रमितको सहजताका लागि फोन नम्बर सार्वजनिक गरेको हो।
यी हुन् २४ सै घण्टा कल गर्न सकिने नम्बर
- ११३३
- ९८५१२५५८३७
- ९८५१२५५८३९