काठमाडौं- बाँकेमा कोरोना भाइरस संक्रमण निको भई ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन्।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार २४१ महिला र २६७ पुरुष गरी ५०१ जना व्यक्ति डिस्चार्ज भएका हुन्।
बाँकेमा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दै गएको छ। हाल बाँकेमा ३ हजार ५८१ जना सक्रिय संक्रमित छन्।