काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना संक्रमित निको भएका हुन्।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ। यो दर कुल संक्रमितको ७९ दशमलब ४ प्रतिशत हो।
गत २४ घण्टामा मात्र नौ हजार ७० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।