काठमाडौं - देशभर हाल साढे आठ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६५२ स आइसीयू र २०१ जना भेन्टिलेटरमा गरी ८५२ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ७५६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १०७ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३४९ आइसीयू र १२५ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ३८ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आइसीयू र २० जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २७० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३२ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ६ आइसीयू, २ भेन्टिलेटर र ७४ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ५ जना आइसीयू र १०० जना आइसोलेसनमा, वीर अस्पतालमा ५ आइसीयू, ३ भेन्टिलेटर र ९६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३७ आइसीयू, १८ भेन्टिलेटर र २०७ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसीयू, १० भेन्टिलेटरमा र ७२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसीयू, ७ भेन्टिलेटर र १४६ जना आइसोलेसनमा, पाटन अस्पतालमा ११ आइसीयू, ११ भेन्टिलेटर र १०५ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू र ५१ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, ८ भेन्टिलेटर र ६६ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १६३ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसीयू, ७ भेन्टिलेटर र ५३ जना आइसोलेसनमा, ह्याम्स अस्पतालमा १४ जना आइसीयू, ७ जना भेन्टिलेटरमा र १०६ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३३ आइसीयू, १० भेन्टिलेटर र ९३ जना आइसोलेसनमा, स्टार अस्पतालमा १० आइसीयू, ४ भेन्टिलेटर र ३० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।