काठमाडौं– काठमाडौं उपत्यकामा बिहीबार मात्र ३ हजार ९७२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६३ जना, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी काठमाडौं उपत्यकामा ३ हजार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा मात्र हाल २४ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भक्तपुरमा २ हजार ९४५ र लतिपुरमा ४ हजार ९७४ जना सक्रिय संक्रमित रहेका छन्।