काठमाडौं- स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले अस्पतालमा भर्ना भएका जटिल संक्रमित बिरामीलाई अन्यत्र लैजाने काम नगर्न अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अनावश्यक हल्लाको पछि लागेर भम्र नपर्न अनुरोध गर्दै चिकित्सकको सल्लाह अनुसार मात्रै औषधिहरु प्रयोग गर्न समेत अनुरोध गरेका छन्।
कोरोना संक्रमणले नेपालमा साह्रै कठिन र दुखदायी अवस्था सिर्जना गरेको भन्दैसबैले स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्रै स्वास्थ्य सम्बन्धि व्यवहार गरी संक्रमण रोकथाम तथा नियन्त्रणमा भुमिका निवार्ह गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ।
सहप्रवक्ता अधिकारीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारीक र प्रमाणित कामकुराहरु गर्नुगराउनु हुन पनि अनुरोध गरेका छन्।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई अन्य अस्पताल पठाउनु पूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चत गरेर मात्रै पठाउन समेत निर्देशन दिएको छ।