काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका २ हजार २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार पनि ३० देखि ३९ वर्षका व्यक्ति सबैभन्दा धेरै संक्रमित थिए।
कुल ९ हजार ७० संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० देखि २९ वर्षका २ हजार १ सय ९३, ४० देखि ४९ वर्षका १ हजार ५ सय ६९, ५० देखि ५९ वर्षका १ हजार १ सय ६८, १० देखि १९ वर्षका ५८८, ६० देखि ६९ वर्षका ५८० जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका २६८, नौ वर्ष मुनिका २२९, ८० देखि ८९ वर्षका ८४, ९० देखि एक सय वर्षका १४ र अज्ञात ४३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।