काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज दुई महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन्।
मन्त्रिस्तरिय निर्णअनुसार गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा मदनकुमार उपाध्यायले पाएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख रहेका डा उपाध्यायलाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको पनि जिम्मेवारी दिइएको हो।
त्यसैगरी, स्वास्थ्य, शिक्षा सूचना तथा संचार केन्द्रको जिम्मेजारी राधिका थपिलियालाई दिइएको छ। उक्त महाशाखाको जिम्मेवारीमा रहेका डा सुनिलकुमार शर्मालाई तत्कालका लागि स्वास्थ्य सेवा विभागमा तानिएको छ।