काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरीमा ९८ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १०६, पर्सा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुलीमा २१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९३, गोरखामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वतमा ६१, मुस्ताङमा १, म्याग्दीमा ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङजामा ४१ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासीमा ८७, पाल्पामा ८०, प्युठानमा ७, बर्दियामा २४, बाँकेमा २२२, रुकुम पूर्वमा २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, दैलेखमा २८, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धुरामा ३०, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।