काठमाडौं- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन्। उनले अस्पतालमा आइसीयू र अक्सिजन प्रणाली सुधारका लागि यो रकम सहयोग गर्ने भएका हुन्।
कोरोना भाइरस संक्रमण तीव्र बनेसँगै अस्पताल आइपुगेका बिरामीको अक्सिजन अभावमै ज्यान जान थालेपछि शाहले अस्पताललाई यो सहयोग गर्न लागेको कम्पनीले जानकारी दिएको छ। शाह आर्थिक वर्ष २०७६/७७ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने व्यवसायी हुन्।
सहयोग रकम यसै साता हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।