काठमाडौं - देशभर हाल करिब एक हजार कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ७५८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९८९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १०४ आइसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ मा ६३ आइसीयू र ३५ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३८६ आइसीयू र १२० जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६१ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८२ जना आइसीयू र २० जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र १० जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आइसीयू र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३०४ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६०० जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू, ८ भेन्टिलेटर र १५९ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू र ११९ जना आइसोलेसनमा, वीर अस्पतालमा ३ आइसीयू, ५ भेन्टिलेटर र ११३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू, १९ भेन्टिलेटर र २२१ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आइसीयू, १२ भेन्टिलेटरमा र ८५ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १४ आइसीयू, ७ भेन्टिलेटर र १५३ जना आइसोलेसनमा, पाटन अस्पतालमा ५ आइसीयू, ११ भेन्टिलेटर र १८३ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा २४ जना आइसीयू, १ भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, २ भेन्टिलेटर र ७७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १६५ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसीयू, ६ भेन्टिलेटर र ५४ जना आइसोलेसनमा, ह्याम्स अस्पतालमा २२ जना आइसीयू, १२ जना भेन्टिलेटरमा र ८२ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, १३ भेन्टिलेटर र १०२ जना आइसोलेसनमा, स्टार अस्पतालमा ८ आइसीयू, ४ भेन्टिलेटर र २९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।