काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिण्डर भरेर बिक्रीवितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरेकाे छ।
शनिबार अक्सिजनसँग सम्बन्धित १० कम्पनीलाई पत्र काट्दै मन्त्रालयले सिफारिस बिना सिलिण्डर भरेर बिक्रीवितरण नगर्न आग्रह गरेकाे हाे।
'नेपालमा दिन प्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोसो लहरको कारणले गर्दा धेरै संक्रमिहरुलाई अक्सिजनको आवश्यकता परिरहेको सन्दर्भमा अक्सिजन बिक्रीवितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकोले मन्त्रालयको सिफारिसबिना कुनैपनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई सिलिण्डर भरी बिक्रिवितरण नगर्नुहुन अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएकाे छ।
आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ।