काठमाडौं-ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको छ।
अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।
सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकोले बिरामीको उपचारका लागि तत्पर र तिव्र इच्छा हुँदाहुँदै पनि थप बिरामीको उपचार गर्न असमर्थ रहेको अस्पतालले बताएको छ।
