काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मृत्यु संख्या थप गरेको छ। मन्त्रालयले नेपाली सेनाले गरेको शव व्यवस्थापनको संख्या थप गर्दै पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।
मन्त्रालयमा अस्पतालहरुबाट आएको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। यस्तै नेपाली सेनाबाट थप २६ जनाको रिपोर्ट पठाएपछि मन्त्रालयले मृत्कको संख्या थप गरेको हो।
मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ७२० जना संक्रमितको निधन भएको छ।
यसैगरी आज देशभर ८ हजार ७७७ जना पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८७ जनाको पिसिआर ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।