काठमाडौं - देशभर हाल आठ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र २६७ भेन्टिलेटरमा उपचाररत छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
प्रदेश १ मा ११३ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा ६० आइसीयू र ३७ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४४३ आइसीयू र १५७ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६१ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८६ जना आइसीयू र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र ११ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आइसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १६९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ६ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू, ८ भेन्टिलेटर र १६० जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू र १४४ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ आइसीयू, ३ भेन्टिलेटर र १३८ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १९ आइसीयू, २० भेन्टिलेटर र २२४ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आइसीयू, १२ भेन्टिलेटरमा र ८५ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १४ आइसीयू, ७ भेन्टिलेटर र १५३ जना आइसोलेसनमा, पाटन अस्पतालमा ११ आइसीयू, १२ भेन्टिलेटर र १६० जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा र ७८ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ९२ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १५७ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ जना आइसीयू, ५ भेन्टिलेटर र ५६ जना आइसोलेसनमा, ह्याम्स अस्पतालमा १९ जना आइसीयू, ८ जना भेन्टिलेटरमा र ८२ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, १३ भेन्टिलेटर र ११५ जना आइसोलेसनमा, स्टार अस्पतालमा ९ आइसीयू, ४ भेन्टिलेटर र १६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।