काठमाडौं - बाँकेमा २६ दिनको अवधिमा ८ हजार १४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार वैशाख १ देखि २६ गतेसम्म ३ हजार ६५४ महिला र ४ हजार ३६० जना पुरुष गरी ८ हजार १४ जना कोरोना संक्रमित भएका छन्।
यो अवधिमा ४ हजार ४५ जना व्यक्ति निको भई डिस्चार्ज पनि भएका छन्। १ हजार ८११ महिला र २ हजार २३४ जना पुरुष गरी ४ हजार ४५ जना निको भएका छन्।
डिसिसिएमसी बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार २६ दिनको अवधिमा १२६ जना संक्रमितको निधन भएको छ। बाँकेमा उपचारत बाहिरी जिल्लाका १७२ जनाको निधन भएको छ।
सबैभन्दा बढी वैशाख २३ गते एकै दिन १४ जना संक्रमितको निधन भएको छ। हाल बाँकेमा ४ हजार ४० सक्रिय संक्रमित रहेका छन्। १ हजार ८७६ महिला र २ हजार १६४ पुरुष गरी ४ हजार ४० सक्रिय संक्रमित रहेको डिसिसिएमसी बाँकेले जनाएको छ।
बाँकेमा दुई सातादेखि निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्यमा कमी आएको छैन। हरेक दिन संक्रमित हुने मृत्यु हुने संक्रमितको सख्ंया बढी रहेको छ।
