काठमाडौं- ललितपुरस्थित निदान अस्पतालले कोभिडका थप नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको छ।
अस्पतालले एक सूचना जारी गरी अक्सिजनको अभाव भएको भन्दै कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको हो।
सूचनामा भनिएको छ, ‘कोभिडका बिरामीको उपचार गर्दै आएकोमा सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अर्याप्त भएकाले बिरामी भर्ना गर्न असमर्थ भएको जानकारी गराउँछौ।’
हाल दैनिक एक सयदेखि १३० वटा अक्सिजनको आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ। हाल निदान अस्पतालमा ५० जना कोभिड बिरामी उपचाररत छन्। जसमध्ये २० जनाको आइसीयू र एचसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
अक्सिजन आपूर्ति सहज हुने बित्तिकै थप बिरामी भर्ना लिने सूचनामा उल्लेख गरिएको छ।