काठमाडौं - रेमडिसिभिरको थप दुई हजार भाइल औषधि नेपाल भित्रिएको छ। वेज इन्टरनेशनल प्रा.लि ले एसीआई लिमिटेड बंगलादेशबाट उत्पादित दुई हजार भाइल रेमडिसिभिर औषधि आयात गरेको हो।
औषधि व्यवस्था विभागले बिरामीको विस्तृत विरण, प्रेसकिप्सन तथा सिफारिस र औषधि लिन जाने व्यक्तिको परिचय पत्र सहित आयातकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ।
वितरण भएको रेमडिसिभिर औषधिको अद्यावधिक वितरण सम्बन्धित आयातकर्ता र अस्पतालले अनिवार्य रुपमा गुगल फर्ममा पेश गर्न विभागले भनेको छ।
सम्बन्धित आयातकर्ताको सम्पर्क विवरण
१. अनुल शर्मा – ९८५१०३०२७२
२. असिम शर्मा – ९८०१०३०२७२
३. विनोद श्रेष्ठ – ९८४१२८०५७७
४. विपिन श्रेष्ठ – ९८५१०५९८६०
५. महेश भट्टराई – ९८४९०८३२९८