काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुले न्याम्स अन्तर्गतका अस्पतालका कोरोना परीक्षण २४ सै घण्टा हुनुपर्ने, आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगाएतका ११ बुँदे माग राखेका छन्।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान) ले सोमबार न्याम्स तथा वीर र ट्रमा सेन्टर समक्ष मागहरु राखेको हो।
आवासीय चिकित्सकहरुले पीसीआर परीक्षणको रिपोर्ट ढिला प्राप्त हुँदा बिरामीको उपचारमा समस्या उत्पन्न भएको भन्दै पीसीआर परीक्षणको रिपोर्ट छिटो उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै कोरोना परीक्षण गर्ने व्यवस्था गरिनुपर्ने माग राखेका छन्।
यस्तै अस्पतालमा कोभिड वार्ड बिस्तार गर्नुपर्ने, अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक पिपिइ उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागहरु समेत राखेका छन्।