काठमाडौं– नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ३० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यस्तै १८ जिल्लामा संक्रमतिको संख्या २०० भन्दा माथि पुगेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा प्रदेश १ को मोरङ, सुनसरी र झापा जिल्ला हुन्।
प्रदेश २ को रौतहट,धनुषा, पर्सा, महोत्तरी र बारामा पनि ५०० बढी सक्रिय संक्रमित छन्।
बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ र नुवाकोटामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
गण्डकी प्रदेशको कास्की, गोरखा र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिममा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यस्तै, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बैतडीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा प्रदेश २ को सर्लाही, सिराहा र सप्तरी छन्।
बागमती प्रदेशका सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा २०० भन्दा बढी सक्रिय संक्रमित छन्।
गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङजा, लमजुङ र बागलुङ, लुम्बिनी प्रदेशको अर्घाखाँची र गुल्मीमा पनि २०० बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी र अछाममा पनि २०० भन्दा बढी सक्रिय संक्रमित छन्।