काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार खटाउन स्वास्थ्य मन्त्रालयले पत्र काटेको छ। मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालय, विभाग, प्रतिष्ठान, अस्पताल र केन्द्र तथा सबै स्थानीय तहलाई पत्र काटेको हो।
मन्त्रालयले स्वास्थ्यकर्मीलाई खटिएकै तह/निकायबाछ तलब भत्ता भुक्तानी हुने गरी आवश्यकता अनुसार कामकाजमा खटाउन पत्र मार्फत अनुरोध गरेको छ।
कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्यका लागि खटिएने कर्मचारीको सम्बन्धित तह/निकायबाट बिदाको सिफारिस भई आए अनुसार पछि मन्त्रालयले बिदा मिलान हुने पनि पत्रमा उल्लेख छ।