काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७८८ छन्।
यस्तै, ललितपुरमा ६०२ र भक्तपुर जिल्लामा ५२३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडाैंमा २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपुरमा ६ हजार ५५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।