काठमाडौं - देशभर हाल १५ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार २ सय ४१ आइसीयू र २८५ भेन्टिलेटरमा गरी १ हजार ५ सय २६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १६२ आइसीयू र ३८ भेन्टिलेटरमा, प्रदेश २ मा १८० आइसीयू र ४१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५०२ आइसीयू र १६४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ८७ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६३ जना आइसीयू र ६ जना भेन्टिलेटरमा, कर्णालीमा १०१ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४६ जना आइसीयू र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २०५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय १४ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १६ आइसीयू, ८ भेन्टिलेटर र १६८ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू र १८७ जना आइसोलेसनमा, वीर अस्पतालमा ६ आइसीयू र १५४ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३ आइसीयू र २६० आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसीयू, १५ भेन्टिलेटरमा र ९६ जना आइसोलेसनमा, पाटन अस्पतालमा १० आइसीयू, १२ भेन्टिलेटर र ११९ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा र ६९ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ६७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १४३ जना आइसोेलेसनमा छन्।
ह्याम्स अस्पतालमा २० जना आइसीयू, ९ जना भेन्टिलेटरमा र ४६ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, ११ भेन्टिलेटर र १०५ जना आइसोलेसनमा, स्टार अस्पतालमा ७ आइसीयू, ७ भेन्टिलेटर र ४९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।