काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा एक सय बेड सञ्चालन गरेका अस्पतालाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।
मन्त्रालयमा बुधबार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
'सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरुले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरी त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गराउने र सहजीकरणका लागि समन्वय गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियगमन महाशाखा गर्ने छ,' डा गौतमले भने।