काठमाडौं - स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते र जिल्ला विपत् व्यवस्थापन केन्द्र, काठमाडौंको वैशाख २५ गतेको निर्णय अनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोपका लागि कार्यतालिका सार्वजनिक गरिएको हो।
गत २५ चैत देखि १५ बैशाखसम्म काठमाडौं उपत्कामा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेलको पहिलो मात्रा लगाइएको थियो।
पहिलो डोज भेरोसेल खोप कुन दिन लगाइएको थियो त्यसैको आधारमा दोस्रो डोज लगाउनपर्ने छ। खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म लगाइने बताइएको छ ।
खोप लगाउन जाँदा जनस्वास्थ्यका पालना गर्दै खोप कार्ड लिई आफुलाई पायक पर्ने पालिका वा वडाको खोप केन्द् गई खोप लगाउन अनुरोध गरिएको छ।
