काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अक्सिजन अभाव भएपछि भेन्टिलेटरका बिरामी अन्य अस्पतालमा सार्ने तयारी गरेको छ।
अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचारका लागि समस्या भएपछि अन्य अस्पतालमा बिरामी सार्ने योजना बनाएको जनाएको छ।
'हामीले अन्यत्र अस्पतालमा बिरामी सार्ने योजना बनाएको छौं। तर कतै खालि भएको छैन,' अस्पताल प्रशासनका दिपक बस्नेतले भने।
उनले अस्पतालमा कति कोभिड बिरामी उपचाररत छन् भन्ने विषयमा भने खुलाउन चाहेनन्।
'तपाइलाईं थप जानकारी आवश्यक भए अस्पतालमा आएर लिनुहोला, म बाहिर छु' उनले भने।