काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः १०० बेड संचलन गरिरहेका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रलायले हिजो (बुधबार) कम्तिमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको थियो।
स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना संक्रमणका कारण अक्सिजन अभाव र आपूर्ति प्रक्रिया थप जटिल भएको भन्दै आजको मितिदेखि १५ दिनभित्र अक्सिजन प्लान जडान गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ।
मन्त्रालयले मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णानुसार अक्सिजन प्लान्टका लागि भन्सार छुट हुने समेत बताएको छ।
यता, निजी अस्पतालहरुको छाता संस्था अफिनले मन्त्रालयको १५ दिनभित्र अक्स्जिन प्लान्ट जडान गर्न दिएको निर्देशन हावादारी भएको भन्दै कम्तिमा तीन महिना समय लाग्ने विज्ञप्ति जारी गरेको छ।
