काठमाडौंः २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ। हिजो देशभर १६८ जनाको मृत्यु भएको थियो।
पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।
नयाँ संक्रमित थप भएसँगै एक लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार ५५ जना व्यक्ति निको भएका छन्।