काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ९ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ८, उदयपुरमा २३, ओखलढुंगामा २, खोटाङमा २, झापामा २५८, ताप्लेजुङमा १८, धनकुटामा १७, पाँचथरमा २, भोजपुरमा १०, मोरङमा ३५८, संखुवासभामा ५४, सुनसरीमा १२१ र सोलुखुम्बुमा १० जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा २०४, पर्सा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा ३१, भक्तपुरमा ३४८, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७, ललितपुरमा ४८१, सिन्धुपाल्चोकमा ७४ र सिन्धुलीमा ४५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३७, गोरखामा ९२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १२९, पर्वतमा ५, म्याग्दीमा ५, लमजुङमा ११, बागलुङमा ८ र स्याङजामा २२ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २६, कपिलवस्तुमा ५३, गुल्मीमा १३, दाङमा २१७, नवलपरासीमा ३५, पाल्पामा ६२, प्युठानमा २४, बर्दियामा ४४, बाँकेमा २५२, रुपन्देहीमा ५११ र रोल्पामा ६३ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २४, जाजरकोटमा ५, जुम्लामा १४, डोल्पामा २, दैलेखमा ३४, रुकुम पश्चिमा ४२, सल्यानमा १४३, सुर्खेतमा १५९ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ४९, कञ्चनपुरमा १८२, कैलालीमा ३७०, डडेल्धुरामा ३८, डोटीमा १३, दार्चुलामा ४, बझाङमा २ बैतडीमा ८९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।