काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिको मन्त्रिपरिषद्कै सदस्यहरु दोहोर्यायएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
शुक्रबार राष्ट्रपति भवनमा शपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।
त्यस्तै, भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन्।
राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
माधव नेपाल पक्षका केहीलाई मन्त्री बनाइने बताइए पनि तत्काल नाम नआएपछि प्रधानमन्त्री ओलीले यसअघिकै सदस्यहरु दोहोर्या एका हुन्। माधव पक्षका ४ जनालाई मन्त्री दिइने बताइएको छ। केही दिनमा माधव पक्षबाट मन्त्रिका लागि नाम आएपछि आज सपथ खाएका केही मन्त्रि फिर्ता हुने सम्भावना छ।
प्रधानमन्त्रीले सबै मन्त्रि तथा राज्यमन्त्रिलाई पहिला सम्हालेकै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जस अनुसार स्वास्थ्यमन्त्रिमा हृदयेश त्रिपाठी र राज्यमन्त्रीमा नवराज रावत पुन दोहोरिएका छन्। शुक्रबार १ बजेसम्म स्वास्थ्य राज्यमन्त्रि रावत लगायत केही मन्त्रि र राज्यमन्त्रिलाई नदोहोर्यावउने बताइएको थियो। तर माधव पक्षसँग छलफल बाँकी रहेकाले तत्काललाई पुरानै टिम दोहोर्याएका हुन्।