काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सिफारिसबिना घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ।
मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरको बैठकले निर्णय गरेअनुसार स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिस बाहेक घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको हो। मन्त्रालयले घरमा वा संस्थामा भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन पनि आग्रह गरेको छ।
कोरोना महामारी बढ्दै जाँदा धेरै व्यक्तिहरुले आफूखुसी अक्सिजन सिलिण्डर घरमा मौज्दात राख्ने गरेको हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।