काठमाडौं - देशभर हाल १७ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३४ आइसीयू र ३७१ भेन्टिलेटरमा गरी १ हजार ७ सय ५ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ हजार ७ सय ६१ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १९० आइसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आइसीयू र ४० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५४२ आइसीयू र २२० जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ९२ जना आइसीयू र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आइसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आइसीयू र ६ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४९ जना आइसीयू र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २९० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ८ सय २५ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आइसीयू, ७ भेन्टिलेटर र १७५ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू, २ भेन्टिलेटर र २०९ जना आइसोलेसनमा, वीर अस्पतालमा २ आइसीयू, ५ भेन्टिलेटर र १८३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १८ आइसीयू, १९ भेन्टिलेटरमा र २०९ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसीयू, १५ भेन्टिलेटरमा र ९३ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १८ आइसीयू, १५ भेन्टिलेटर र ३२५ आइसोलेसनमा, पाटन अस्पतालमा १० आइसीयू, १२ भेन्टिलेटर र ११७ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा र ७३ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ५० जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १४२ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १२ आइसीयू, ७ भेन्टिलेटर र ६६ आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू, १२ जना भेन्टिलेटरमा र ८० जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, ९ भेन्टिलेटर र १०३ जना आइसोलेसनमा, स्टार अस्पतालमा ७ आइसीयू, ७ भेन्टिलेटर र ५२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।