सुर्खेत- कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावका कारण थप काेभिडका बिरामी भर्ना गर्न नसक्ने जनाएको छ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले वैशाख ३१ (हिजो) सूचना जारी गर्दै नेपालगन्जबाट आउनुपर्ने अक्सिजन नआएकाले थप बिरामी भर्ना लिन नसक्ने जनाएको छन्। पछिल्लो समय देशभर अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा कठिनाई उत्पन्न भएको छ।
नेपालमा कोरोना संक्रमणको दोसो लहर देखिएसँगै अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको उपचारमा संलग्न चिकित्सकले बताउँदै आएका छन्।