काठमाडौं - जापानीज सोसाइटी अफ न्यूक्लियर मेडिसिन (जेएसएनएम) ले हरेक वर्ष प्रदान गर्ने ‘इन्करेजमेन्ट अवार्ड’ यस वर्ष नेपालका डा अरुण गुप्तालाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपालमा न्यूक्लियर मेडिसिनको विकासका लागि योगदान गरेको भन्दै जेएसएनएमको एसियन योङ्ग इन्भेष्टीगेटर अवार्ड कमिटि २०२१ ले डा गुप्तालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। अवार्ड सहित डा गुप्ताले ५० हजार राशी समेत प्राप्त गर्नेछन्।
अवार्डका लागि जेएसएनएमले मार्चमा एप्लीकेशन एप्लाईका लागि आवेदन खुला गरेको थियो। न्यूक्लियर मेडिसिन सम्बन्धी अमेरिकी जर्नलमा प्रकाशित भएको एक लेख र अन्य विवरण सहित आवदेश दिएको उनले बताए।
दक्षिण कोरिया, जापान, भारत, भियतमान लगायत राष्ट्रले यो अवार्ड प्राप्त गर्दै आएको उनले बताए। नेपालको तर्फबाट यो अवार्ड पाउने आफू पहिलो व्यक्ति भएको डा गुप्ताको दाबी छ।