काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार १ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुममा १९ पाँचथरमा १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सुनसरीमा ९९ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ११८, पर्सा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा १२, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुलीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वतमा २, म्याग्दीमा १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४, पाल्पामा ७३, प्युठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्वमा ३, रुपन्देहीमा ४९५ र रोल्पामा ३१ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्लामा ३, दैलेखमा १, रुकुम पश्चिमा १, सल्यानमा १५ र सुर्खेतमा १८५ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटीमा ६२, दार्चुलामा २, बझाङमा १ र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।