काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहमा बढुवा भएका तीन कर्मचारीको जिम्मेवारी तोकेको छ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गत शुक्रबार एघारौँ तहमा बढुवा भएका दुई चिकित्सक र जनस्वास्थ्यका एक जनाको जिम्मेवारी तोकेका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीका अनुसार डा पवनजंग रायमाझीलाई स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा, डा रोशन न्यौपानेलाई भरतपुर अस्पतालको सुपरीटेन्डेण्ट र वरिष्ठ जनस्वास्थ्य प्रशासन विजयकुमार झालाई प्रदेश २को स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिएका छन्।
मन्त्री त्रिपाठीले अघिल्लो साता उपचारात्मक महाशाखाको जिम्मेवारीमा रहेका डा मदनकुमार उपाध्यायलाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिएका थिए।
भने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा राधिका थपलियालाई पठाएका थिए। सूचना केन्द्रका डा सुनिल कुमार शर्मालाई स्वास्थ्य सेवा विभागमा तानिएको थियो।