काठमाडौं - देशभर हाल १ हजार ६ सय ९३ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय १३ आइसीयू र ३८० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १ हजार ७ सय १ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १७६ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा १८८ आइसीयू र ४८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५८४ आइसीयू र २३० जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ९८ जना आइसीयू र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १२२ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ९६ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४९ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ४०६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ९ सय ८६ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसीयू, ९ भेन्टिलेटर र १६४ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू, १ भेन्टिलेटर र १८४ जना आइसोलेसनमा, वीर अस्पतालमा २ आइसीयू, ५ भेन्टिलेटर र १७६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २० आइसीयू, २० भेन्टिलेटरमा र २४६ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जना आइसीयू, १५ भेन्टिलेटरमा र १०० जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसीयू, १२ भेन्टिलेटर र ३२८ आइसोलेसनमा, पाटन अस्पतालमा ७ आइसीयू, १३ भेन्टिलेटर र ७७ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १३ जना आइसीयू, १ भेन्टिलेटरमा र ७० जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ४ आइसीयू, २ भेन्टिलेटर र ८३ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १२२ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७ आइसीयू, ७ भेन्टिलेटर र ४० आइसोलेसनमा, ह्याम्स अस्पतालमा १९ जना आइसीयू, १२ जना भेन्टिलेटरमा र ५२ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २९ आइसीयू, ३ भेन्टिलेटर र ३० जना आइसोलेसनमा, स्टार अस्पतालमा ११ आइसीयू, ३ भेन्टिलेटर र ३९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा २० आइसीयू, ४ भेन्टिलेटर र ४८ आइसोलेसनमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३५ आइसीयू, १० भेन्टिलेटर र १३४ आइसोलेसनमा, किस्ट अस्पतालमा ४ आइसीयू, ७ भेन्टिलेटर र १३ जना आइसोलेसनमा, धुलिखेल अस्पतालमा ३१ आइसीयू, ५ भेन्टिलेटर र ४९ आइसोलेसनमा छन्।