काठमाडौं - कोरोना संक्रमणको दर बढ्दै गएपछि सर्लाहीमा कोभिड–१९ र्यापिड रेस्पोन्स टिमले डाक्टरसँग निःशुल्क परामर्श सुरु गरेको छ।
स्वास्थ्य सेवामा सबैको सहज पहुँच नभएको भन्दै 'सर्लाही कोभिड १९ र्यापिड रेस्पोन्स टिम'ले डाक्टरसँग निशुल्क परामर्श सुरु गरेको हो। सर्लाही कोभिड १९ र्यापिड रेस्पोन्स टिम सर्लाहीका सक्रिय युवाहरुले गठन गरेको एक संगठन हो।
घरमै उपचार गरिरहेका कोरोना संक्रमितहरुले आफ्ना समस्याहरु प्रत्यक्ष रुपमा चिकित्सकसँग परामर्श गर्न सकिने टिमका संयोजक नवीन यादवले बताए। हाल विभिन्न समय अनुसार १२ जना चिकित्सकसँग परामर्श गर्न सकिने उनले बताए।
डा अरुण शाही, डा रमित कुमार गुप्ता, डा सुनिता राय, डा साजन थापा, डा जीवन तामाङ्ग, डा दिपक आर्यन, डा सन्दिप गिरी, डा अविनाश राय, डा राधेश्याम राय, डा राजेश राय, डा निरज कार्की र डा विवेकसिंह राठोरसँग परामर्श गर्न सकिन्छ।
सर्लाहीका मात्र नभई देशभरका कोरोना संक्रमितले यी चिकित्सकहरुसँग टेलिफोन मार्फत परामर्श गर्न सकिने यादवले जानकारी दिए।