काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको लागि १०० सय बेडको क्वारेन्टाइन संचालन गर्ने भएको छ।
संघका महासचिव डा बद्री रिजालले चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि कमलपोखरीस्थित अग्रवाल भवनमा १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन संचालन गर्न लागेको बताए। उनले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलसँग संयुक्त आयोजनामा संचालित उक्त क्वारेन्टाइन र केही समय पछि आइसोलेसन सेन्टर समेत संचालन गर्ने तयारी गरिएको जानकारी दिए।
उक्त क्वारेन्टाइन सेन्टर संचालनका लागि नेपाल चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा प्रमोद जोशीको संयोजकत्वमा केन्द्रीय सदस्य डा रिेतेश थापा, वरिष्ठ प्रशासकीय अधिकृत मिलनचन्द्र खनाल सम्मिलिन ३ सदस्यीय समिति समेत गठन गरेको गरिएको छ।
उक्त क्वारेन्टाइन सेन्टरमा दिनको चार पटक खाना उपलब्ध गराइने र केही दिनमा संचालन हुने आइसोलेसनमा अक्सिजन, अत्यावश्यक औषधि एवं स्वास्थ्यकर्मीहरु समेत उपलब्ध गराइने संघले जनाएको छ।
संघमा महासचिव रिजाले उक्त क्वारेन्टाइन र आइसोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भर्चअल उद्घाटन गरेको बताइएको छ।