काठमाडौं- जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणपछि बलम्बुस्थित एपिएफ अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जानकारी दिए।
जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठलाई २ साताअघि कोरोना पोजिटिभ देखिएको थियो। संक्रमणका कारण स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
अस्पताल भर्ना भएको एक सातापछि अवस्था थप जटिल बन्दै गएका कारण आइसीयू र त्यसपछि भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आएको थियो।
६५ वर्षीय श्रेष्ठ ५ वर्षअघि वरिष्ठ जनस्वास्थ्य प्रशासक पदबाट सेवा निवृत्त भएका थिए।