काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४८६ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ४८६ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ९८८ रहेका छन्। यस्तै, भक्तपुरमा २२८ र ललितपुरमा २७० संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।