काठमाडौं– विध ल्याब प्रालि पोखराले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)टेकुबाट अनुमति नै नलिई कोरोना परीक्षण गराइरहेको पाइएको छ।
एनपिएचएलले बुधबार एक विज्ञप्ती जारी गर्दै विध ल्याब प्रालि पोखराले प्रयोगशाला दर्ता नै नगरी अवैध रुपमा कोरोना परीक्षण गराइरहेको जनाएको हो।
कास्कीको पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको विध ल्याब प्रालि नामक प्रयोगशालाले गर्ने पीसीआर परीक्षण अवैध ठहरिने एनपिएचएलले जनाएको छ।
जनस्वास्थ्य ऐन, २०५५ को दफा २२ अनुसार गैरसरकारी वा निजी स्वास्थ्य संस्थाले तोकिए बमोजिम इजाजतपत्र लिएर मात्र स्वास्थ्य सेवा प्रदान गनुपर्ने उल्लेख छ। तर विध ल्याबले अवैध रुपमा कोरोना परीक्षण गराइएको एनपिएचएलको ठहर छ।
एनपिएचएलले विध ल्याब प्रालि पोखरामा पीसीआर लगायत कुनै पनि परीक्षण नगराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।
