काठमाडौं - देशभर हाल १ हजार ९ सय ९९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय १८ आइसीयू र ३८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २०८ आइसीयू र २६ भेन्टिलेटरमा, प्रदेश २ मा २१२ आइसीयू र ५५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८०१ आइसीयू र २३५ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १३३ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ६८ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४३ जना आइसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५८२ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ८ सय १५ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ३० आइसीयू, ९ भेन्टिलेटर र १६६ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू, २ भेन्टिलेटर र २०२ जना आइसोलेसनमा, वीर अस्पतालमा ३५ आइसीयू, ६ भेन्टिलेटर र १३३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू, २० भेन्टिलेटरमा र १५४ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू, १७ भेन्टिलेटरमा र ९८ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३७ आइसीयू, १८ भेन्टिलेटर र ३३९ आइसोलेसनमा, पाटन अस्पतालमा २८ आइसीयू, १५ भेन्टिलेटर र १५७ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा र ६१ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ३६ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १२२ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १८ आइसीयू, ९ भेन्टिलेटर र ३६ आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू, १३ जना भेन्टिलेटरमा र ४९ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४८ आइसीयू, ६ भेन्टिलेटर र ६१ जना आइसोलेसनमा, स्टार अस्पतालमा १४ आइसीयू, ८ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा ८ आइसीयू, ३ भेन्टिलेटर र ३५ आइसोलेसनमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा २० आइसीयू, ४ भेन्टिलेटर र ४८ आइसोलेसनमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३२ आइसीयू, १० भेन्टिलेटर र १९ आइसोलेसनमा, किस्ट अस्पतालमा ११ आइसीयू, ७ भेन्टिलेटर र ११ जना आइसोलेसनमा, धुलिखेल अस्पतालमा ४४ आइसीयू, ४ भेन्टिलेटर र ४५ आइसोलेसनमा छन्।