काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ५७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार देशभरका ७७ जिल्लामध्ये ४३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
यस्तै १४ जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामध्ये प्रदेश १ मा मोरङ, सुनसरी र झापा छन्।
प्रदेश २ मा रौतटह, धनुषा, पर्सा, महोत्तरी, बारा र सप्तरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यस्तै गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र स्याङ्जामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
लुम्बिनी प्रदेशको दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र नवलपरासी पश्चिममा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कंचनपुर, बैतडी, अछाम र डोटीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा रहेको छ।
प्रदेश २ को सर्लाही र सिराहा, बागमती प्रदेशको दोलखा र रसुवा, गण्डकी प्रदेशको पर्वत, म्याग्दी र लमजुङ, लुम्बिनी प्रदेशको जाजरकोट र रुकुम पश्चिममा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।