काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार १ सय ७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १४ हजार ३ सय ५८ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा २९, झापामा ३४४, ताप्लेजुङमा ८३, तेह्रथुममा १६, धनकुटामा ८८, पाँचथरमा १, भोजपुरमा ७, मोरङमा ३८३, संखुवासभामा १४, सुनसरीमा २०९ र सोलुखुम्बुमा १६ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १९९, पर्सा ८५, बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १९३, दोलखामा ९१, धादिङमा ११७, नुवाकोटमा २१, भक्तपुरमा २२८, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा २९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा १२१ र सिन्धुलीमा ४५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३४७, गोरखामा १४२, तनहुँमा ३७, नवलपरासी पूर्वमा ३५, पर्वतमा १०, मुस्ताङमा १३, म्याग्दीमा १८, लमजुङमा १६, बागलुङमा ६ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २१, कपिलवस्तुमा १२, गुल्मीमा ३, दाङमा १७७, नवलपरासीमा ५५, पाल्पामा १९, प्युठानमा १, बर्दियामा १५८, बाँकेमा २४०, रुपन्देहीमा ३४६ र रोल्पामा ८ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १२, जाजरकोटमा १, जुम्लामा ६, दैलेखमा ४४, रुकुम पश्चिमा २, सल्यानमा १८, सुर्खेतमा २७४ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १५८, कञ्चनपुरमा ९१, कैलालीमा ४१७, डडेल्धुरामा ७७, डोटीमा ५३, दार्चुलामा ३ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।