काठमाडौं- गण्डकी प्रदेशले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएको छ। राजनीतिक घटनाक्रम विकसित हुँदै गएको समयमा दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय नयाँ बनाउने क्रममा स्वास्थ्य मन्त्रालय बनाइएको हो।
कोरोना कहरकाबीच स्वास्थ्य मन्त्रालयको महत्व बुझेर मन्त्रालय गठन गरिएको पनि बताइएको छ। प्रदेशको यो निर्णयको स्वास्थ्यकर्मीहरुले खुलेर प्रशंसा गरेका छन्। यसअघि लुम्बिनी प्रदेशले पनि स्वास्थ्य मन्त्रालय बनाएको थियो। लुम्बिनी प्रदेशले देशमै पहिलो पटक प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाएको हो।
लुम्बिनीपछि गण्डकी प्रदेशले स्वास्थ्य मन्त्रालय बनाएको छ। गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मा भने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आफैंले लिएका छन्।
