काठमाडौं - हेल्थ असिस्टेन्ट संघ नेपालले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई टेली स्वास्थ्य परामर्श सेवा संचालन गर्ने भएको छ।
घरमा आइसोलेसनमा बसेका संक्रमितलाई भर्चुअल माध्यममा स्वास्थ्य परामर्श प्रदान गर्नु साथै आइसोलेसन र अस्पतालको उपचार आवश्यक पर्ने संक्रमितलाई त्यसका लागि सहजीकरण गर्ने समेत जनाएको छ।
संघका प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका सबै समितिहरुले पनि आफ्नो क्षेत्रमा उपयुक्त संचारको माध्यमबाट नागरिकले फोन नम्बर थाहा पाउने गरी सार्वजनिक गरी संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श सेवा दिन समेत निर्देशन दिएको छ।
संघले कोरोना महामारीमा खटिएका सबै हेल्थ असिस्टेन्टलगायत सबै स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त समेत गरेको छ।
होम आइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य संस्थामा परामर्शका लागि संघले सार्वजनिक गरेको यी नम्बरमा फोन गर्न सक्ने बताइएको छ।
