काठमाडौं - नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले १६ बेडको कोभिड आइसोलेसन वार्ड बिस्तार गरेको छ।
उक्त ५० बेडकाे उक्त अस्पतालले जेठ ५ गतेदेखि ४ बेडको आइसोलेसन बेड बिस्तार गरी १६ बेडको बनाएको हो।
अस्पतालका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएकाले कोभिड डेलिकेटेड वार्ड संचालन भए अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति तथा स्त्री रोगसँग सम्बन्धित संक्रमित बिरामीलाई शल्यक्रिया सहितको उपचार सेवा पाउन थप सहज हुने बताए।
अस्पतालले अर्थाेपेडिक र ट्रमासँग सम्बन्धित १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुति तथा स्त्रीरोगसँग सम्बन्धित २ वटा गरी १८ जना संक्रमित बिरामीलाई शल्यक्रिया सहितको उपचार सेवा प्रदान गरि सकेको जनाएको छ।
अर्थाेपेडिक र ट्रमा विभागमा डाक्टरक्टर बिनोद थापा, डाक्टरक्टर किरन गुरुङ, डाक्टरक्टर बसन्त सापकोटाले उपचार सेवा दिइरहेका छन्।त्यसैगरी जनरल सर्जरी विभागमा डाक्टर रुपानन्द अधिकारी, डाक्टर प्रविण गुप्ता, र डाक्टर धु्रब शाह र स्त्री तथा प्रसुतिरोग सँग सम्बन्धित बिरामीहरुलाई डाक्टर कल्पना थापाले बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । एनेसथेसिया र क्रिटिकल केयर सहितको उपचार डाक्टर निर्मल ज्ञवाली र डाक्टर पारस पाण्डेले गरिरहेका छन्।