काठमाडौं- मित्रपार्कस्थित नेपाल भारत मैत्री-अस्पतालमा लायन्स क्लब अफ काठमाडौं समर्पणको सहयोगमा १५ शय्याको कोभिड एचडीयू वार्ड संचालनमा आएको छ।
लायन्स क्लब अफ काठमाडौं समर्पणले दुईवटा हाईफ्लो मेसिन र छ वटा बाइप्याप मेसिन कोभिड बिरामीहरुका लागि नि:शुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिए।
कोभिड-१९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु, एचडीयू वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमाडौं समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्ल र सचिव अखिल अग्रवालले जानकारी दिए।
अहिलेको संकटपूर्ण घडीमा कोभिडसँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसंग सहकार्य गरेर नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भइरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले बताए।