काठमाडौं– चीनको तिब्बतले नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ।
बिहीबार एक कार्यक्रमको आयोजना गरि ति सामाग्री नेपाललाई हस्तान्तरण गरिएको हो।
तिब्बतले नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
त्यस्तै ५ वटा भेन्टिलेटर र २ सय वटा आइसीयू बेड तथा १५ हजार एन्टिजेन किट सहयोग हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिइन्।